छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

सारांश

  • गौशाला, ५ कात्तिक (रासस) ः हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
  • १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताउनुभयो ।
  • छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।

गौशाला, ५ कात्तिक (रासस) ः हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताउनुभयो ।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।

गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताउनुभयो ।

डालो बुन्दै गरेकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताउनुभयो ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।

त्यसैगरी जिल्लाको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए ।

अहिले जिल्लाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन् । , ५ कात्तिक   हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताउनुभयो ।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।

गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताउनुभयो ।

डालो बुन्दै गरेकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताउनुभयो ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।

त्यसैगरी जिल्लाको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए ।

अहिले जिल्लाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन् ।

(https://experience.afrotech.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने

निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ

युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो

श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’

एड्स संक्रमितलाई सरकारले उपचारको अभाव हुन दिँदैनः प्रधानमन्त्री ओली

अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल

पद बाँडफाँटको विवादका कारण पार्टी एकता रोकिदैन : नेता रावल

​टेलिकमबाट कामिनीलाई हटाइँदै !