माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात

सारांश

  • काठमाडौं।
  • नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रष्ट भएको छ।
  • महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ।

काठमाडौं। नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रष्ट भएको छ। महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ।

यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडि बढ्ला भन्ने प्रश्न उठेको छ। पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ रामकुमारी झाक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ।

नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए। सो सूचीमा झाक्रीको नाम थिएन। नेपालको राजनीतिमा युवा र प्रभाशाली नेतृको पहिचान बनाएकी झाक्रीनै एकीकृत समाजवादीको पदाधिकारीमा नअटाउने अवस्था आउनुले अब यो पार्टी कता जाँदै छ भन्ने संकेतको रुपमा बुझ्नुपर्ने विश्लेषण शुरु भएको छ।

मिडिया र सामाजिक सञ्जालमा अब झाक्री एकीकृत समाजवादीमा रहनुको कुनै औचित्य नरहेको टिप्पणी भइरहेको छ। अझ धेरैले उनलाई एमालेमा फर्किन सुझाव समेत दिएका छन्। तर झाक्री स्वयंले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।

एकीकृत समाजवादीले जसरी आफ्नो महाधिवेसन गर्‍याे र अहिले जसरी पदाधिकारीको चयन गर्‍याे यसले उसको राजनीतिक भविष्यमा नै ठुलो प्रश्न उठाएको छ। सानो पार्टी अथवा राष्ट्रिय पार्टी समेत हुन नसकेको पार्टीमा यो तहको गुटबन्दीले पार्टीको अवस्था राम्रो नहुने संकेत गरेको छ। अझ अध्यक्ष स्वयंनै राष्ट्रिय स्तरको युवा नेतालाई पराजित गर्न र पार्टीको मुख्य धाराबाट बाहिर लैजान सक्रिय हुनुले अझ संसय पैदा भएको छ।

योसँगै एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन्। त्यस्तै उपाध्यक्षहरु डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी र जयन्ती राई रहेका छन्।

त्यस्तै महासचिव घनश्याम भुसाल, उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे,  श्रीनाथ बराल, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
बिहिवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित
बिहिवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड
सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड
प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
सीको बिदाईमा राखिएको कार्पेटमा सर्प, राष्ट्रपति भण्डारी आउँदा पनि सर्प कार्पेटमा हिडेको थियो
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
Pakistan bride charged over ‘poisoned milk’ killings
Pakistan bride charged over ‘poisoned milk’ killings
कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग
कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

तपाईंले छुटाउनुभयो कि?