निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२०० पटक हेरिएको
Shares

सारांश

  • दमौली, ३१ वैशाख ।
  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभएको छ ।
  • स्थानीय तहको निर्वाचनका क्रममा आज दमौलीस्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दैै वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनले स्थानीय सरकारमार्फत काम गर्ने हुँदा सिंहदरबारको अधिकार गाउँ गाउँमा स्थापित हुन्छ भन्नुभयो ।

दमौली, ३१ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभएको छ ।

स्थानीय तहको निर्वाचनका क्रममा आज दमौलीस्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दैै वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनले स्थानीय सरकारमार्फत काम गर्ने हुँदा सिंहदरबारको अधिकार गाउँ गाउँमा स्थापित हुन्छ भन्नुभयो । दोस्रो चरणको निर्वाचनलाई समेत समयमै गराउन यो चुनावले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

बीस वर्षपछि भएको ऐतिहासिक स्थानीय तहको चुनावमा जनताले निकै उत्साहित भई मतदान गरेकाले लोकतन्त्रको रक्षाका लागि चुनाव अपरिहार्य रहेको सन्देश दिएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?