बिहिवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित
सारांश
- आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- २४ घन्टामा संक्रमणबाट २१४ जनाको निधन भएको छ ।
आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट २१४ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ । आज ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख २१ हजार ५ सय १८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया