देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १३, २०८१
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  •   देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
  • आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
काठमाडौं।  देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ। ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ।
ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन्। उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए।
महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको बचाउन गर्न प्रचण्डको निर्देशन
सरकारको बचाउन गर्न प्रचण्डको निर्देशन
पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न
पार्टी अनुशासन : एउटा सैद्धान्तिक प्रश्न
कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग
कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग
प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने–खेद प्रस्ताव पारित गरौं
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !

तपाईंले छुटाउनुभयो कि?