२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान

सारांश

  • धनगढी ।
  • कैलालीको टीकापुर विमानस्थलबाट सातामा काठमाडौंका लागि दुई उडान हुने भएको छ।
  • २७ वर्षदेखि बन्द रहेको टीकापुर विमानस्थल सञ्चालन हुने भएसँगै सातामा दुई उडान हुने भएको हो।

धनगढी । कैलालीको टीकापुर विमानस्थलबाट सातामा काठमाडौंका लागि दुई उडान हुने भएको छ। २७ वर्षदेखि बन्द रहेको टीकापुर विमानस्थल सञ्चालन हुने भएसँगै सातामा दुई उडान हुने भएको हो।

आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण भएसँगै विमानस्थलमा नियमित हवाई उडान सुरु भएको छ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइलगायतले स्वागत गरेका थिए। विमान अवतरणका क्रममा सयौं संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए।

विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ। टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको डगौरा थारूले बताए।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ। काठमाडौंबाट दिउँसो १२:३० बजे तारा एयर यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन १:२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २:५ बजे यति एयरलाइन्सको विमान यात्रु लिएर काठमाडौं फर्किने तालिका छ।

काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ। यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ।

साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?