सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सार्वजनिक यातायातमा दुव्र्यवहार भएमा सहेर नबस्न चन्दको आग्रह

सारांश

  • काठमाडौं, माघ १७ ।
  • सार्वजनिक सवारी साधनमा महिला तथा बालिकाहरुविरुद्ध हुने यौनजन्य दुव्र्यवहार विरुद्ध प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंको नयाँबजारमा सम्पन्न भएको छ ।
  • सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेल र उत्साही महिलाहरुको सामाजिक आर्थिक कल्याण केन्द्रको सहकार्यमा ‘अपराधरहित समाजको सिर्जना, सामुदायिक सेवाकेन्द्र र सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको चाहना’ भन्ने मुलनाराका साथ सम्पन्न भएको कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द प्रमुख अतिथि रहेका थिए ।

काठमाडौं, माघ १७ । सार्वजनिक सवारी साधनमा महिला तथा बालिकाहरुविरुद्ध हुने यौनजन्य दुव्र्यवहार विरुद्ध प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंको नयाँबजारमा सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेल र उत्साही महिलाहरुको सामाजिक आर्थिक कल्याण केन्द्रको सहकार्यमा ‘अपराधरहित समाजको सिर्जना, सामुदायिक सेवाकेन्द्र र सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको चाहना’ भन्ने मुलनाराका साथ सम्पन्न भएको कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चन्दले सार्वजनिक यातायातमा यात्रा गर्दा दुव्र्यवहार भएमा सहेर नबस्न तथा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेका थिए । कार्यक्रममा सहभागीहरुले सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा आफुले भोगेका समस्या तथा जिज्ञासाहरु राखेका थिए ।

यसैगरी, महानगरीय प्रहरी कार्यालय रानीपोखरी सामुदायिक शाखाका प्रहरी निरीक्षक सुजित कुमार ओझाले सेप्टिपिन क्याम्पेन सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरु, काठमाडौं महानगरपालिका १६, १७ र २६ का वडा अध्यक्ष तथा सदस्यहरु, अन्य स्थानिय संघसंस्थाका प्रतिनिधी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र ठमेलका अध्यक्ष रामबहादुर रजकको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?