सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा

सारांश

  • सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।
  • दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् ।
  • त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ ।

दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृत्यु भएको र बाबु गम्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृतकको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो ।

दुर्घटनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृत्यु भएको र बाबु र छोरी घाइते भएपछि शव बुझ्ने व्यक्तिसमेत नभएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

दुर्घटनामा गाउँका मानिस धेरै परेपछि अनलाइनबाटै पालिकाको आकस्मिक बैठक बसी गाउँ विपद् कोषबाट प्रत्येक मृतकको किरिया खर्चबापत आफन्तलाई जनही रु ५० हजार प्रदान गरिएको छ । घाइतेको रेखदेखका लागि समिति गठन गर्नाका साथै शोक मनाउन पालिकाभित्र सोमबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैबीच आज बिहानसम्म मृतकमध्ये सात जनाको शव आफन्तले बुझेर लगेका छन् । मृतकमध्ये सनाखत हुन नसकेको शव मेलम्ची नगरपालिका ढाँडखोला निवासी ३३ वर्षीया सुनिता तामाङको भएको खुलेको छ । दुर्घटनामा घाइते १९ मध्ये ह्याम्स अस्पतालमा १४, नर्भिक अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा एक, धुलिखेल अस्पतालमा एक र सिन्धु सदाबहार अस्पतालमा एकजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

दोलखाको कालीञ्चोकबाट भक्तपुरका लागि छुटेको बा.४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो । ब्रेक फेल भएको गाडी जबर्जस्ती चलाउँदा अप्रिय घटना हुन गएको घाइतेहरुले बताएका छन् । चालक फरार रहेको प्रहरीले बताएको छ । बस दुर्घटनामा जिल्लामा दुई महिनाको अवधिमा ५१ जनाले ज्यान गुमाइसकेका छन भने दर्जनाँै व्यक्ति घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
थाहा पाउनुहोस् मंगलबारको राशिफल
थाहा पाउनुहोस् मंगलबारको राशिफल
जय होस् पशुका पतिको (हास्यव्यङग्य)
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री
लागू औषध कोरेक्स १० थान सहित पक्राउ
लागू औषध कोरेक्स १० थान सहित पक्राउ
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…