अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी

सारांश

  • काठमाडौं ।
  • सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ ।
  • हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ । हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

एआईजी चन्दलाई महानिरीक्षकमा नियुक्ती गर्ने आन्तरिक तयारी अहिलेको सरकारले थालिसकेको बुझिएको छ । स्रोतका अनुसार सत्तारुढ दलवीच यसअघि नै पहिले अर्याललाई र त्यसपछि चन्दलाई नै आईजीपी बनाउने भद्र सहमति भैसकेको थियो ।

अदालतको पनि सम्मान र सरकारको कार्यकारी अधिकारलाई पनि रक्षा गर्दै महानिरीक्षकमा दुवैको बढुवा गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरवहादुर देउवाबीच छलफल भएको थियो ।

हालका आईजीपी अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई प्रहरी नेतृत्वको जिम्मा दिने विषयमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको स्रोतको दाबी छ ।

आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अघि नै नेपाल प्रहरीको कमाण्ड चन्दले सम्हाल्नेगरि प्रक्रिया अघि बढाउने सरकारको आन्तरिक तयारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
आयआर्जन गर्न एकल महिलालाई तालीम
आयआर्जन गर्न एकल महिलालाई तालीम
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम
अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट