कोदो, फापर, जौँ लगायतका रैथाने बाली लोप हुने अवस्थामा
सारांश
- नेपालमा पछिल्लो समय नयाँ जातको विकास र विस्तार सँगै रैथाने बालीहरु लोपोहुदै गैरहेका छन ।
- केहि समय अगाडि नेपालका मध्य तथा उच्च पहाडी जिल्लामा प्राय खेती गरीने कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टे, लगायतका रैथाने वालीहरु लोपोन्मुख अवस्थामा परेका छन् ।
- केहि समय अगाडि रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेको हुनाले मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा कायमका लागी खेती गर्ने गरिन्थ्यो ।
नेपालमा पछिल्लो समय नयाँ जातको विकास र विस्तार सँगै रैथाने बालीहरु लोपोहुदै गैरहेका छन । केहि समय अगाडि नेपालका मध्य तथा उच्च पहाडी जिल्लामा प्राय खेती गरीने कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टे, लगायतका रैथाने वालीहरु लोपोन्मुख अवस्थामा परेका छन् । केहि समय अगाडि रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेको हुनाले मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा कायमका लागी खेती गर्ने गरिन्थ्यो ।
पहिला भारत लगायत अन्य मुलुकहरुवाट खाद्यन्नलगायतका वस्तुहरु आयात नहुने भएकाले पनि किसानहरु यो वालीको उब्जानीलाई विषेश प्राथमिकतामां राखी उत्पादन गर्दथे । हाल आएर नेपालमा कृषि विकासका प्रयासहरुले रैथाने वालीहरुमा भन्दापनि आयातित वालीका जातहरुमा केन्द्रित रहेको पाईन्छ । उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान, जुनेलो, गहत लगायत रैथाने जातका बाली लोप हुँदै गएको दार्चुलाका कृषक चन्द्रसिह ऐरीले वताए ।
मध्यपहाडी क्षेत्रमा लगाउन सकिने आँगा धानको चामल र भात रातो रङको हुन्छ । उच्च पहाडी क्षेत्रमा गह्रा, फाँट नभएको ठाउँमा पनि हुने घैया धानका लागि सिंचाइ आवश्यक पर्दैन । पोसिलो मानिने घैया र आँगा औषधीय गुण बोकेका धान हुन् । तल्लो क्षेत्रमा हुने चोट पटक लागेको अवस्थामा औषधिका रुपमा प्रयोग गरिने अनदी जातको धान पनि बिस्तारै खेती हुन छाडेको उनले वताए । नयाँ बाली र बीउतर्फ बढेको आकर्षणसँंगै नयाँ पुस्तालाई पुरानो बालीका बारेमा ज्ञान नहुँदा लोप हुन थालेको छ । गहुँ, जौ र उवाको स्थानीय जातको खेती पनि घट्दो क्रममा छ । धार्मिक कार्यमा प्रसादका रुपमा प्रयोग हुने र खाँदा स्वादिलो मानिने र पोसिलो फुला उठ्ने जुनेलो पनि लोप हुन लागेको अर्को कृर्षक जगदिश वहादुर पालले वताए ।
नेपाल वहुधार्मीक देश भएकाले विभिन्न पुजा आजामा जै, तिलको ह्वन गरीने तर त्यो पनि किन्नु पर्ने अवस्था रहेको छ ।सुदुरपश्मिको महान चाडका रुपमा मानिदै आएको गौरा पर्वमात झन् पञ्चविरुडा भनी पाचँवटा नाज मिसाएर भगवतीको पुजा आजागर्ने चलन रहेको छ । पञ्चविरोडीको रुपमा गहत, गुरास, गहुँ, केराउँ, मासलाई भिजाउने गर्दछन् । त्यो पनि अजकल किसानहरुले उत्पादननै नगरी वजार वाट किनेर पर्व मनाउनु पर्ने अवस्था आएको अर्का कृषक विरेन्द्र भट्टले वताए ।
आएर नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले रैथानेवाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ जारी गरी आवश्यक वजेट वालीको विकास तथा जैविक विविधता संरक्षण केन्द्रमा उपलब्ध गराएको छ । यो कार्यक्रमवाट अपेक्षा अनुसारको लाभ पुग्ने मन्त्रालयले जनाएको छ । वाली विकास तथा जैविक विविधता संरक्षाण केन्द्रले जिल्ला विषेश रैथाने वालीहरुको सम्भाब्यताको आधारमा कार्यक्रम तर्जुमा गरी स्वीकृतीको लागी पेश गर्ने र वाली विकास तथा जैविक विविधता केन्द्र वाट सम्वन्धित प्रदेश मातहतको कृषिकेन्द्र सँगको समन्वयमा संचालन गरिरहेको छ । छिर्केमिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी, दर्माली, गुडुरा, गौरीया, फुला उठ्ने साना दाना भएको मकै लगायतका वाली रैथाने बाली हुन् ।
प्रतिक्रिया