राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमिति बस्दै
सारांश
- काठमाडौं ।
- मुलुकको पछिल्लो अवस्था र पार्टी संगठनका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
- नक्सालमा दिउँसो बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
काठमाडौं । मुलुकको पछिल्लो अवस्था र पार्टी संगठनका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
नक्सालमा दिउँसो बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । बैठकमा सांसदहरूलाई पनि बोलाइएको केन्द्रीय सदस्य सगुन लावतीले जानकारी दिनुभयो ।
सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरिसकेको राप्रपा (प्रजातान्त्रिक)ले अब आफूलाई संगठन सृदृढीकरणमा केन्द्रित गराउने तयारी गरेको छ ।
राप्रपाबाट विभाजन भएपछि निर्वाचन आयोगले मान्यता दिइसकेको राप्रपा (प्रजातान्त्रिक)ले चनाव चिन्ह ‘हलो’ दावी गर्दै आएको छ । आयोगले पनि ‘हलो’ चुनाव चिन्ह दिने विषयमा लचकता अपनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया