हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.
  • डा.

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले हचुवामा कर लगाईंदा देशैभर हंगामा मच्चिएको बताएका छन् । उपाध्यक्ष कडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरक्रियामा हचुवामा करका दर निर्धारण नगरी, अध्ययन गरेर जनतालाई सेवा दिएर मात्र कर लगाउनुपर्ने बताए ।

कर प्रशासनका विज्ञ समेत रहेका डा. कडेलले भने, “कर ज्यादै संवेदनशील विषय हो, यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारको रुपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ ।”

उपाध्यक्ष कडेलले देशलाई कस्तो बनाउने भन्ने स्थानीय तहको कार्यशैलीमा भरपर्ने बताए । साधन र स्रोत जुटाउने, जनतालाई समस्या नपर्नेगरी कर लगाउने कुरामा ध्यान दिनु आग्रह गरे । करले देशैभर हंगामा सिर्जना भएको बताउँदै पछिल्लो समय सिर्जना भएको कति भ्रम कति वास्तविकता हो भन्ने कुरा वित्तिय आयोगले अध्ययन गरिराखेको पनि बताए ।

उपाध्यक्ष कडेलले सिन्धुली जिल्लामा निर्माण हुने ठुला राष्ट्रिय गौरवका आयोजनाको निरिक्षण गरेका छन् । त्यसैगरी सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्गको निरीक्षण गर्दै उपाध्यक्ष कडेलले यी परियोजना समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने बताए ।

मध्यपहाडी लोकमार्गको हेटौंडा–चतरा खण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरत पर्ने बताउँदै सिन्धुलीको समृद्धिसँग जोडिएका परियोजनाले प्रदेश नम्बर २ को समेत विकास भई देशको आत्मनिर्भरतामा टेवा पुग्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?