ओमानमा रहेका नेपालीले प्रधानमन्त्रीसँग यस्तो गरे माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ओमानमा रहेका नेपालीले प्रधानमन्त्रीसँग यस्तो गरे माग

सारांश

  • दीपक रम्तेल मस्कट (ओमान), ६ चैत ।
  • ओमानमा रहेका नेपालीहरुले त्यहाँको मजदूरहरुका समस्याहरुलाई दृष्टिगत गरी संयुक्त ज्ञापनपत्रमार्फत आफ्ना समस्याहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउँदै त्यसको समाधानका लागि माग गरेका छन् ।
  • उनीहरुले ओमानस्थित नेपाली राजदूतावासमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

दीपक रम्तेल

मस्कट (ओमान), ६ चैत । ओमानमा रहेका नेपालीहरुले त्यहाँको मजदूरहरुका समस्याहरुलाई दृष्टिगत गरी संयुक्त ज्ञापनपत्रमार्फत आफ्ना समस्याहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउँदै त्यसको समाधानका लागि माग गरेका छन् । उनीहरुले ओमानस्थित नेपाली राजदूतावासमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल सरकारले खाडीमा घरेलु कामदारको रुपमा कार्यरत महिला र पुरुषहरु बिदामा स्वदेश गएर पुनः फर्किदा उनीहरुलाई आवश्यक श्रम स्वीकृति दिन रोक लगाएकोमा ध्यानाकर्षण गराइएको छ । ”ओमानमा नयाँ आउनेहरुको लागि कडाई गर्नु राम्रो भएतापनि बिदामा गएर फर्किनेहरुलाई रोक्नुलाई हामी गलत मान्दछौ”, ज्ञापनपत्रमा भनिएको छ, “यो कदमले प्रवासमा श्रम गरी परिवार पाल्ने मजदुरहरुको रोजीरोटी नै बन्द भएको छ । खाडीमा श्रम गरी सन्तोषजनक जीविकोपार्जन गरिरहेका घरेलु कामदारका आश्रित परिवार प्रभावित भएका छन् । जेनतेन बालबच्चाहरुको पढाई र खानपिन खर्च धानिरहेकाहरुलाई रोजगारबाट बन्चित गराउनु कदापि राम्रो कार्य हुन सक्दैन ।”

ज्ञापनपत्रमा यस बिषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै यो कदम तत्काल फिर्ता लिई बिदामा घर गएर फर्केर काम गर्न चाहने घरेलु कामदार महिला÷पुरुषहरुको निम्ति सहज वातावरण तय गर्न सरकारसमक्ष माग गरिएको छ । ज्ञापनपत्रमा ओमानमा क्रियाशील ओमान नेपाली एकता समाज, प्रवासी मन्च ओमान, जनसम्पर्क समिति ओमान, महिला समूह ओमान, नेपाली समाज ओमान, बुद्धभिजन ओमान, मगर संघ ओमान, तामाङ समाज र गुल्मी सेवा समाजका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?