नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?

सारांश

  • सरकारले नयाँ मर्यादाक्रम पारित गरेको छ ।
  • बिहीबार स्वीकृत पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति पहिलो, उपराष्ट्रपति दोस्रो, प्रधानमन्त्री तेस्रो, प्रधानन्यायाधीश चौथो, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पाँचौँ नम्बरमा रहेका छन् ।
  • छैटौँ वरियता पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीको हुनेछ ।

सरकारले नयाँ मर्यादाक्रम पारित गरेको छ । बिहीबार स्वीकृत पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति पहिलो, उपराष्ट्रपति दोस्रो, प्रधानमन्त्री तेस्रो, प्रधानन्यायाधीश चौथो, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पाँचौँ नम्बरमा रहेका छन् ।

छैटौँ वरियता पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीको हुनेछ । प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, व्यवस्थापिका–संसद्का पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष वरियताको सातौँ नम्बरमा छन् ।

राज्यमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति तथा अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, सहायकमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्य र पूर्वउपप्रधानमन्त्रीलाई आठौँ वरियता दिईएको छ ।

नवौँ नम्बरमा संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति र विश्वविद्यालयका उपकुलपति हुनेछन् ।

प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य १० औँ, नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव र नेपाली राजदूत ११ औँ वरियतामा हुनेछन् ।

वरियताक्रमको १२ औँ नम्बरमा रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग) र नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक हुनेछन् । सरकारले वरियताक्रम २७ तहसम्मको बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
‘कोरोना भए ममता बेनीर्जीलाई अंकमाल गर्छु’ भन्ने भाजपा नेतालाई कोरोना संक्रमण
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु
दुर्घटनामा एकको मृत्यु
दुर्घटनामा एकको मृत्यु
अपजस झेल्दै देउवा : तर भन्छन्, चुनाव नतिजा ‘अपेक्षित र स्वाभाविक’
अपजस झेल्दै देउवा : तर भन्छन्, चुनाव नतिजा ‘अपेक्षित र स्वाभाविक’
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति
झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

तपाईंले छुटाउनुभयो कि?