चीनबाट सिधै सामान ल्याउने ‘चाइनाबजार’ नेपालमा सुरु हुँदै
सारांश
- नेपाली डिजिटल बजारमा उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ आगामी साउन १३ गते बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।
- चीनका उत्पादकहरूबाट सिधै सामान खरिद गरी उपभोक्ताको घरसम्म पुर्याउने यस नवीन प्रणालीले परम्परागत बजारको मूल्य शृङ्खलालाई चुनौती दिने देखिएको छ।
- कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार नेपालमा आयातित वस्तुहरू लामो समयदेखि बहु–तहका आपूर्ति शृङ्खलाका कारण महँगो हुँदै आएकाले त्यसको समाधानका लागि यो डिजिटल माध्यम स्थापना गरिएको हो।
नेपाली डिजिटल बजारमा उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ आगामी साउन १३ गते बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। चीनका उत्पादकहरूबाट सिधै सामान खरिद गरी उपभोक्ताको घरसम्म पुर्याउने यस नवीन प्रणालीले परम्परागत बजारको मूल्य शृङ्खलालाई चुनौती दिने देखिएको छ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार नेपालमा आयातित वस्तुहरू लामो समयदेखि बहु–तहका आपूर्ति शृङ्खलाका कारण महँगो हुँदै आएकाले त्यसको समाधानका लागि यो डिजिटल माध्यम स्थापना गरिएको हो।
कम्पनीले तेस्रो पक्ष वा बिचौलियामा निर्भर नभई चीनका कारखानाबाटै प्रत्यक्ष रूपमा वस्तु छनोट र खरिद गर्ने रणनीति अपनाएको छ। आफ्नै ढुवानी सञ्जाल, गोदाम र वितरण प्रणालीको प्रयोग गरी स्रोत व्यवस्थापनदेखि डेलिभरीसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन गरेर डेलिभरी समय र लागत नियन्त्रण गरिने दाबी कम्पनीको छ।
‘एन्जोय योर सपिङ’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको यस ई–कमर्स प्लेटफर्मले डटकम www.chynabazar.com मार्फत सेवा दिनेछ। प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली तथा स्वास्थ्य र सौन्दर्यका सामग्री उपलब्ध गराइने र ग्राहकले ईसेवा तथा खल्तीमार्फत सुरक्षित डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।
नेपालको डिजिटल अर्थतन्त्र विस्तार र चीनसँगको व्यापारिक सम्बन्धलाई सुदृढ बनाउँदै चाइनाबजारले आगामी दिनमा उत्पादनको दायरा र देशभर वितरण सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ। पत्रकारिता आचारसंहिता अनुकूल पारदर्शी व्यावसायिकतालाई प्रोत्साहन गर्दै यस प्लेटफर्मले नेपाली उपभोक्तालाई ढुक्कसँग सपिङ गर्ने वातावरण मिलाउने विश्वास गरिएको छ।
प्रतिक्रिया