सार्वजनिक बिदा कटौती हुँदै – शनिबारबाहेक वर्षमा यी हुन् बिदा हुने दिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ ।
  • २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो ।
  • धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ ।

त्यस्तै, हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ । गृहको प्रस्ताव आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।

कार्यालय खुल्ने र बन्द हुने समय
सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् । यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।

कटौती प्रस्ताव गरिएका बिदा

दिवस :  गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस

चाड : घटस्थापना, द्वादशी  र कोजाग्रत पूर्णिमा

जयन्ती :  रामनवमी र श्रीकृष्ण जन्माष्टमी

पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)

नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत
रविन्द्र मिश्रले देखे सरकारमा अधिनायकवादको संकेत
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
इमरान खान पक्राउः पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
विमानस्थल भन्सार कार्यालयद्वारा विदेशबाट मोबाइल ल्याउँदा नियमानुसार नै शुल्क लिएको स्पष्ट
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग
आज आमाको मुख हेर्ने दिन
आज आमाको मुख हेर्ने दिन
मिस वर्ल्ड लाइभ यसरि हेर्न सकिने, हेर्दै भाेट गर्नपनि पाइने !
मिस वर्ल्ड लाइभ यसरि हेर्न सकिने, हेर्दै भाेट गर्नपनि पाइने !
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?
तिब्बती धर्मगुरु दलाई लामाले किन माफी मागे ?