दीपक मनाङे किन गएनन् सपथ लिन ? यस्तो छ कारण…..!
सारांश
- काठमाडौं, मनाङको प्रदेश ख बाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) आइतबारको सपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।
- प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो ।
- पक्राउ पर्ने डरले उनी सपथ लिन नगएका हुन् ।
काठमाडौं,
मनाङको प्रदेश ख बाट निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) आइतबारको सपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।
प्रदेश ४ का प्रदेश सांसदहरुको आइतबार पोखरामा सपथ ग्रहणको कार्यक्रम थियो । पक्राउ पर्ने डरले उनी सपथ लिन नगएका हुन् ।
उनी ४ दिन यता भूमिगत छन् । सर्वोच्च अदालतले गत बुधबार मात्रै पुनरावेदन अदालतको गुन्डा नाइके मिलन चक्रे (मिलन गुरुङ) लाई ०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद गर्ने फैसला सदर गरेपछि उनी सम्पर्क बाहिर छन् ।
पुनरावेदनले पाँच वर्ष जेल सजायँ तोकेकोमा उनले तीन वर्ष बस्न बाँकी छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sunu Thapa
यस्तो मान्छे लाई फाँसी दिनु पर्छ !