ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते

सारांश

  • पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा ट्रकका चालक हेटाँैडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटाँैडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नंको ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
Pin Up Casino Online Slots Revie
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
यस्तो छ नवगठित मन्त्रिपरिषद्
यस्तो छ नवगठित मन्त्रिपरिषद्
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
पूर्व बाल लडाकुको यस्तो चेतावनी, ३ महिनाभित्र प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौ
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)