उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम

सारांश

  • काठमाडौं  ।
  • उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत प्रहार गर्न सकिने नयाँ आणविक हतियार विकसित गरेको दाबी गरेको छ ।
  • उत्तर कोरियाली सञ्चारमाध्यमहरुले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरीक्षणसमेत गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

काठमाडौं  । उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत प्रहार गर्न सकिने नयाँ आणविक हतियार विकसित गरेको दाबी गरेको छ ।

उत्तर कोरियाली सञ्चारमाध्यमहरुले देशका नेता किम जोङ उनले त्यस्तो हतियारको निरीक्षणसमेत गरेको तस्बिर सार्वजनिक गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

उत्तर कोरियाले अत्याधुनिक हतियार बनाइरहेको भए पनि मिसाइलमा लोड गर्न सक्ने परमाणु हतियारको विकास गरेकोमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

तर प्योङयाङले भने संयुक्त राष्ट्र संघको नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाबका बाबजुद परमाणु हतियार विकास गरेको र यो अमेरिकासम्म मार हान्न सक्ने क्षमताको रहेको दाबी गरेको छ ।

अघिल्लो हप्ता उत्तर कोरियाले एउटा मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापानमाथिबाट प्रशान्त महासागरमा प्रहार गरेपछि क्षेत्रीय तनाव झनै उत्कर्षमा पुगेको छ ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?