उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
सारांश
- अस्बिन खडका, चैत २५ – उदयपुरको नेपालटार बजारमा शनिवार राति आगलागीमा परी एकजनाको ज्यान गएको छ ।
- आगलागीबाट १२ वटा घर जलेर नष्ट भएका छन् ।
- आगलागीमा परी स्थानीय बटिमाया तामाङको ज्यान गएको प्रहरी निरीक्षक टेकेन्द्र शर्माले जानकारी दिए ।
अस्बिन खडका, चैत २५ – उदयपुरको नेपालटार बजारमा शनिवार राति आगलागीमा परी एकजनाको ज्यान गएको छ । आगलागीबाट १२ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परी स्थानीय बटिमाया तामाङको ज्यान गएको प्रहरी निरीक्षक टेकेन्द्र शर्माले जानकारी दिए । सदरमुकाम गाईघाटबाट पश्चिम तर्फ रहेको उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि आगलागी भएको हो ।

आगोले वरपरका घर, पसलमा समेत क्षति पुगेको छ । समयमा दमकल नपुग्दा धेरै क्षति भएको स्थानीयले बताए । दमकल नपुग्दा स्काभेटर, प्रहरीको सहयोगमा आगो निभाएका थिए ।
आगलागीमा वडा नम्बर ८ का अध्यक्ष टंक श्रेष्ठको भेटनरी पसल जलेको छ । त्यसैगरी नजिककैको पुस्तक पसल, किराना पसल समेत जलको प्रहरीले जनाएको छ ।
प्रारम्भिक क्षतिको विवरण ६ करोड भन्दा माथि क्षति भएको आँकलन गरिएको छ । राति नारायण तामाङको घर मा पूजा गरी राखिएको दियोबाट आगो सल्केको थियो । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया