मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए

सारांश

  • एजेन्सी।
  • यतिबेला ‘द कपिल शर्मा शो’ को चर्चा निकै हुने गरेको छ।
  • प्रत्येक हप्ता शोमा नयाँ नयाँ कलाकार आइरहेका छन्।
एजेन्सी। यतिबेला ‘द कपिल शर्मा शो’ को चर्चा निकै हुने गरेको छ। प्रत्येक हप्ता शोमा नयाँ नयाँ कलाकार आइरहेका छन्। दर्शकले पनि शोलाई निकै मन पराएका छन्। 
नयाँ शोमा सुनील ग्रोवर र अली असगरबाहेक सबै पुराना कलाकार आएका छन् भने कृष्णा अभिषेक र भारती सिंह अहिले नयाँ शोमा जोडिएका छन्।  तर केही समयदेखि चन्दन प्रभाकर शोमा देखिएका छैनन्। केही दिन पहिला सामाजिक संजालमा यसको राज खोलिएको छ। 
कपिलका पुराना सहयोगीमध्ये एक चन्दनले शिवरात्रीको मौकामा आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट शेयर गर्दै आफूलाई मन पराउनेलाई शुभकामना दिएका छन्। यो पोस्टमा सामाजिक संजाल प्रयोगकर्ताले चन्दनलाई शोबाट हराउनुको कारण सोधेका छन्।
 जवाफमा चन्दनले भनेका छन्, ‘मैले जानी बुझिकन शोको एपिसोड मिस गरेको होइन। शायद मेरो क्यारेक्टर र मेरो अभियनले शोलाई फाइदा गरिरहेको छैन। त्यही कारण हुनुपर्छ मलाइ एपिसोडमा राखिएको छैन।’ चन्दनको यो कमेन्टबाट के थाहा हुन्छ भने चन्दनलाई शोबाट बाहिर निकालिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?