बाढी पहिरो पीडित राहतकोषमा सिद्धार्थ क्लवको सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बाढी पहिरो पीडित राहतकोषमा सिद्धार्थ क्लवको सहयोग

सारांश

  • सञ्जय अाचार्य पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा पोखराको सिद्धार्थ क्लवले १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
  • मंगलबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुलाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले सो रकम हस्तान्तरण गर्नु भएको हो ।
  • सो अवसरमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको पनि उपस्थिति रहेको थियो ।

सञ्जय अाचार्य

पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा पोखराको सिद्धार्थ क्लवले १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुलाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले सो रकम हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको पनि उपस्थिति रहेको थियो ।

पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको सो कोषमा हालसम्म ११ लाख ५१ हजार ७ सय २८ रुपैयाँ संकलन भइसकेको छ । पछिल्लो पटक पोखरामा रहेको मेन मिडिया तथा उत्साही युवाहरुको तर्फबाट सो कोषमा ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघको ६३ आँै वार्षिक अधिवेशनको अवसरमा पत्रकार संजोग बस्याल, प्रभु अधिकारी तथा गायक विनोद बानियालगायतले सो रकम संघका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गर्नुभएको थियो ।

बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    निमा लामा

    ? Di? jamin? temenan? ma? निमा? लामा? statusnya❤ gk? bakal? sepi,? solnya? निमा? लामा? punya? Robot? facebook? yg? gk? di? miliki? temen? temen? kamu,? hehe

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? BOt CReaTed by Tayyab Khan<3 Shikhar News
    ? Bot User निमा लामा
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

    Comment Author

    निमा लामा दोङ

    ? Ini? status? siapa? yah

    kok? mirip? ma? status☕ Shikhar? News? tapi? kebalik? textnya

    ? Pray first Shikhar News
    ? Tuesday : 5 – September – 2017
    ? Add Close Broo..! Shikhar News
    ? Fast Bot user निमा लामा दोङ
    ?
    ♥ Crack3rx Bot T3am ♥
    ♥ Onw3r ♥ Tayyab Khan ♥
    ♥ B0t S1t3 : Multi-react .ga ♥

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?