दाङमा अत्याधुनिक सुविधा भएको होटल माला इन माघ ४ देखि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
१६ पटक हेरिएको
Shares
दाङमा अत्याधुनिक सुविधा भएको होटल माला इन माघ ४ देखि

सारांश

  • दाङ, २७ पुस ।
  • पाँच नम्बर प्रदेशको राजधानीको रुपमा चर्चामा रहेको दाङको सदरमुकाम घोराहीमा अत्याधुनिक सुविधा भएको होटल माला इन माघ ४ गतेदेखि शुरु हुने भएको छ ।
  • सुविधासम्पन्न होटलको अभाव खड्किरहेको अवस्थामा व्यवसायी ओविन्द्र महराले उक्त होटल सञ्चालन गर्न थालेका हुन् ।

दाङ, २७ पुस । पाँच नम्बर प्रदेशको राजधानीको रुपमा चर्चामा रहेको दाङको सदरमुकाम घोराहीमा अत्याधुनिक सुविधा भएको होटल माला इन माघ ४ गतेदेखि शुरु हुने भएको छ । सुविधासम्पन्न होटलको अभाव खड्किरहेको अवस्थामा व्यवसायी ओविन्द्र महराले उक्त होटल सञ्चालन गर्न थालेका हुन् ।

होटल माला इन प्रालिका ओविन्द्र महराका अनुसार माघ ४ गते होटलको उद्घाटन गरिने छ । करोडौंको लगानीमा निर्मित होटल माला इनमा भीआइपी र अन्य गरी करीव ५० भन्दा बढी कोठा रहेका छन् । “दाङमा आवश्यकता भए पनि ठूला होटल सञ्चालनमा नआएकाले आफूहरुले नयाँ होटल सञ्चालनमा ल्याउन लागेको महराले बताए ।

होटलमा अर्गानिक तरकारीको व्यवस्था होटलमा विशेष गरेर नेपाली, चाइनिज, इण्डियन र साउथ इण्डियन खानाको व्यवस्था गरिनेछ । होटलमा चार÷चार सय जना अट्ने ठूला सेमिनार हल छन् भने साना–साना सेमिनार हलको पनि व्यवस्था गरिएको छ । होटलको सुरक्षाका लागि चारैतर्फ सीसी क्यामरा जडान गरिएको छ भने सयौँभन्दा बढी गाडी पार्किङको व्यवस्था गरिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीका अनुसार होटलमा लिफ्टको व्यवस्था पनि गरिएको छ । लिफ्ट भएको होटल दाङमा यो नै पहिलो हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?