विश्वभर कोरोनाबाट ज्यान गुमाउने संख्या ८ लाख नाघ्यो
सारांश
- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।
- पछिल्लो तथ्यांक अनुसार कुल ८ लाख २ हजार ९ सयको मृत्यु भइसकेको छ ।
- विश्वभर कुल संक्रमित संख्या २ करोड ३१ लाख ८ हजार पुगेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल ८ लाख २ हजार ९ सयको मृत्यु भइसकेको छ ।
विश्वभर कुल संक्रमित संख्या २ करोड ३१ लाख ८ हजार पुगेको छ । सबैभन्दा बढी अमेरिकामा ५७ लाख ९६ हजार संक्रमितमध्ये एक लाख ७९ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा ३५ लाख ३६ हजार संक्रमितमध्ये एक लाख १३ हजारको मृत्यु भइसकेको छ । भारतमा २९ लाख ७३ हजार संक्रमितमध्ये ५५ हजार ९ सयको मृत्यु भएको छ ।
रुसमा ९ लाख ४६ हजार संक्रमितमध्ये १६ हजारको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख संक्रमितमध्ये १२ हजारको मृत्यु भइसकेको छ ।
चीनको वुआनबाट फैलिएको कोरोना संक्रमणले अहिले दक्षिण र उत्तर अमेरिकालाई सबैभन्दा प्रभावित पारेको छ । युरोपमा पनि समस्या फेरि बढेको छ ।
प्रतिक्रिया