मोबाइल र गहना किन्न एक भारतीयले आफ्नै छोरा २५ हजारमा बेचे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मोबाइल र गहना किन्न एक भारतीयले आफ्नै छोरा २५ हजारमा बेचे

सारांश

  • बिबिसी ।
  • भारतको ओडिशाको भद्रक शहरमा एक व्यक्तिले आफ्ना एक वर्षका छोरालाई २५ हजार भारुका लागि एक निःसन्तान दम्पत्तीलाई बेचेको खबर सार्वजनिक भएको छ ।
  • प्राप्त रकमले उनले एक मोबाइल फोन, केही गहना र कपडा खरिद गरे भने बाँकी भएको पैसा रक्सीमा खर्च गरे ।

बिबिसी । भारतको ओडिशाको भद्रक शहरमा एक व्यक्तिले आफ्ना एक वर्षका छोरालाई २५ हजार भारुका लागि एक निःसन्तान दम्पत्तीलाई बेचेको खबर सार्वजनिक भएको छ । प्राप्त रकमले उनले एक मोबाइल फोन, केही गहना र कपडा खरिद गरे भने बाँकी भएको पैसा रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि पुलिसले पान्डिया मुखी नामका यी व्यक्ति र उनका छिमेकी बलराम मुखीलाई पक्राउ गरेका छन् । पुलिसले एक व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ जसले बच्चाको बिक्रिमा मध्यस्थता गरेको आरोप छ । जिल्ला चाइल्ड लाइनले बच्चालाई बचाएर उनलाई उनको आमाको जिम्मा लगाएको छ ।

भद्रकका एसपी अनुप साहूले बीबीसीलाई भने, ‘मंगलबार पान्डिया र बलरामलाई पक्राउ गरेर उनलाई अदालतमा पेश गरियो । उनको जमानतको निवेदनलाई अदालतले रद्द गरिदियो जसपश्चात् दुबैलाई जेलमा पठाइएको छ ।’ उनले भने, ‘जिल्ला जुवेनाइल जस्टिस बोर्डको आदेश अनुसार आमा र बच्चालाई तत्कालका लागि ‘आशियाना’ गृहमा राखिएको छ । बोर्डले नै उनीहरुबारे अन्तिम निर्णय गर्नेछ ।’ भद्रक टाउन थानाका पुलिस मनोज राउतका अनुसार दुबै अभियुक्त विरुद्ध मुद्दा दर्ता भएका छन् ।

सोधपुछका क्रममा पन्डिया र बलरामले केही वर्ष अघि एक दुर्घटनामा आफ्नो एकमात्र सन्तान गुमाएका सोमनाथ सेठीले बच्चाका लागि मध्यस्थताकर्तालाई ४५ हजार भारु दिएको जसमा उनले २५ हजार भारु पान्डियालाई दिएको र बाँकी रकम आफूसँगै राखेको बताइएको छ । पान्डियाले यी रकममध्ये २ हजार भारु आफ्ना सालो बलरामलाई दिएको जसले मध्यस्थताकर्ताको अनुरोधमा उनलाई बच्चा बेच्नका लागि राजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघरमा आत्मदाहकाे प्रयास
माइतीघरमा आत्मदाहकाे प्रयास
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
सुनौलीमा भारतीय एसएसबीको कडा जाँच र खानतलासी, ढुवानी प्रभावित
सुनौलीमा भारतीय एसएसबीको कडा जाँच र खानतलासी, ढुवानी प्रभावित
दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
भैँसी चोरेको आरोपमा पक्राउ
भैँसी चोरेको आरोपमा पक्राउ
मिस वर्ल्ड लाइभ यसरि हेर्न सकिने, हेर्दै भाेट गर्नपनि पाइने !
मिस वर्ल्ड लाइभ यसरि हेर्न सकिने, हेर्दै भाेट गर्नपनि पाइने !
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम
पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै, यस्तो छ कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?