एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।
  • मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

“हालसम्म पनि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था÷अस्पतालले यो परिपत्र जारी भएको मितिले एक महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालन हुने व्यवस्था मिलाई मन्त्रालयमा पत्राचार गर्न हुन र सो नभएको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइनेछ”, मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ ।

मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।

यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ ।

परिपत्रमा मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले अस्पतालमा बिरामी वा बिरामीको कुरुवाले आवश्यकताअनुसार जुनसुकै समयमा औषधि प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितता गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि मौसम सुधार हुने
आजदेखि मौसम सुधार हुने
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
एसिया कप क्रिकेट  छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट
एसिया कप क्रिकेट छनौट : सिंगापुरका खेलाडि ४२ ओभरमै अलआउट
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी
चल्ने भयो काठमाडौंमा मोनो रेल, यस्तो छ तयारी
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’
गृहमन्त्रीले भने, ‘आन्दोलन जारी राख्नुस्’
बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’
बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’

तपाईंले छुटाउनुभयो कि?