भ्लादिमिर पुटिनको ६५औं जन्मदिनमा विरोध प्रदर्शन,

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भ्लादिमिर पुटिनको ६५औं  जन्मदिनमा विरोध प्रदर्शन,

सारांश

  • रुस ।
  • रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका छन् ।
  • नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

रुस । रुसभरका ८० शहरमा भएका विरोध प्रदर्शनक्रममा विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थकहरु गिरफ्तार भएका छन् । नभाल्नीलाई सन २०१८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

मुख्य विरोध केन्द्र सेन्ट पीटर्सबर्ग झडपहरु भएका र दर्जनौं गिरफ्तार भएको बताइएको छ । र्याली राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका दिन भएको छ । मस्को र सेन्ट पीटर्सबर्ग लगायत धेरै ठाउँका र्यालीहरु अनुमति नलिइकन भएका छन् ।

विपक्षी नेता नभाल्नी भने सार्वजनिक बैठकहरु आयोजना गर्दा मान्नुपर्ने नियम पटक पटक उल्लंघन गरेको आरोपमा बीस दिने जेल सजाय काटिरहेका छन् ।

रुसका निर्वाचन अधिकारीहरुले नभाल्नीको अर्को निलम्बित जेल सजायका कारण उनी मार्च महिनामा हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउँछन् ।

पछिल्ला महिनाहरुमा नभाल्नीले रुसभर यात्रा गरेर चुनावी अभियान चलाउँदै आएका छन् । नभाल्नीले शनिबार पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने र्यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।

रुसको दोश्रो शहर सेन्ट पीटर्सबर्गको प्रदर्शनीमा करिब ३००० सहभागी रहेको र धेरैले “नभाल्नी २०१८” लेखिएका ब्यानर बोकेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर हुन भनेपनि प्रदर्शनकारीको भीडमा नछिरेको बताइएको छ ।

क्रेमलिनतर्फ लागेका केही प्रदर्शनकारीलाई प्रहरीले रोकेका थिए । बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?