बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २९, २०७८
|
|
२४ पटक हेरिएको
Shares
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ ।
  • प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
  • प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनपर्ने खानेकुरा पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज घरपरिवारसँग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ, तर नयाँ र शुभ कार्यको योजना बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावना देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानजीले उज्यालो दिनुभयो तर १० अर्ब किन उठेन ?
कुलमानजीले उज्यालो दिनुभयो तर १० अर्ब किन उठेन ?
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
“букмекерская Контора Мостбет: Ставки На Спорт И Казино Онлай
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
मुना चुडिदिँदाले लोप हुँदै हिमाली जडिबुटी
मुना चुडिदिँदाले लोप हुँदै हिमाली जडिबुटी
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
भीषण आँधीपछि जापानमा सेना परिचालन
भीषण आँधीपछि जापानमा सेना परिचालन
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
इराकी हिंसामा १० जना मारिए
इराकी हिंसामा १० जना मारिए

तपाईंले छुटाउनुभयो कि?