प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?

सारांश

  • ८ कात्तिक, सप्तरी ।
  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधीप्रसाद यादव निर्वाचन आचार संहिता पालना गर्न दलहरुलाई आग्रह गरेका छन् ।

८ कात्तिक, सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव निर्वाचन आचार संहिता पालना गर्न दलहरुलाई आग्रह गरेका छन् ।

गृहजिल्ला सप्तरी आएका यादवले जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारीबारे लिए । लगतै राजनीतिक दलका प्रतिनिधी, निर्वाचन अधिकृत, सुरक्षा अधिकारीसँग भएको छलफलमा यादवले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

‘सबैले आचारसंहिता पालना गर्नेछन् भन्ने आयोगको विश्वास छ’ उनले भने, ‘आचारसंहिता उल्लंघन गरे जिल्ला तहलाई केही भन्दैनौं । सिधै केन्दि्रय अध्यक्षसँग स्पष्टिकरण माग्छौं । एक लाखसम्म जरिवाना समेत तिराउँछौं ।’

उनले चुनाव चिन्ह अंकित टि-शर्ट, टोपी, गम्छा प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् । चुनावको समयमा बितरण गरिने चुनावचिन्ह अंकित पहिरनबारे उनको टिप्पणी छ, ‘गरीबलाई कहिले एक गम्छा पनि दिन नचाहनेहरु चुनावको बेला टि-शर्ट नै बितरण गर्छन् । यो कदापि हुन दिन्नँ ।’
पत्रकार र पर्यवेक्षकले पनि दिउँसो आफ्नो ड्युटी गर्ने तर, राति दलको झण्डा बोकेको पाइएको बताउँदै उनले सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

मधेसी हुँ तर, राष्ट्रसेवक हुँ

प्रमुख आयुक्त डा. यादवले आफू मधेसी मूलको र जातको यादव भएपनि राष्ट्रसेवक भएको बताए ।

उनले भने, आचारसंहिता पालना गराउने सवालमा सबैलाई समान दृष्टिले हेर्छु । त्यत्तिबेला मधेसी र यादव हो भनेर कसैले केहि नभन्नुहोला र सबैले आचारसंहिता पालना गर्नुहोला ।’

आफ्नो मान्छे हो छुट देला भन्ने अपेक्षा कसैको छ भने त्यो दिवास्वपन मात्रै हुने उनले बताए ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति दिनेश यादवले मंसिर २१ गते हुने निर्वाचनलाई केहि दिनका लागि सार्न आग्रह गरे । गठबन्धन बनाउन समय नपुग्ने उनको तर्क छ ।

प्रतिउत्तरमा प्रमुख आयुक्त डा. यादवले कुनै पनि हालतमा निर्वाचन सार्न नमिल्ने बताए । उनले उम्मेदवारी दर्ता भइसकेको समयमा निर्वाचन सार्नु अपराध हुने बताए ।

एमाले नेता सुखराम यादवले स्वतन्त्र उम्मेदबारलाई कुकुर जस्तो चुनाव चिन्ह दिएर आयोगले अपमान गरिरहेको बताए ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले आगामी दिनमा यस्ता कुरामा ध्यान दिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकताले मात्र सफलता हासिल स् सभापति देउवा
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
५ जना वडाध्यक्ष मेयरविरुद्ध अनशनमा!
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
अाेलिकाे ‘पानीजहाज सपना’ माेदिले उद्घाटन् गर्दै
यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
सरकारको एक वर्ष : कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा

तपाईंले छुटाउनुभयो कि?