आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
३० पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीको समीक्षा गर्नुपर्ने हुन्छ । आफन्तजनबाट अपमान हुनसक्छ ।

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपजस आउनसक्छ । आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु वेश हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन सुुरु गरेको काम सफल हुनेछ । सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा उन्नति र प्रगतिको बाटो खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच विवाद हुनसक्छ । त्यसैले वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर वा देवालयमा जानु वेश हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्नसक्छन् । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन गर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा समस्या छ भने पनि निको हुँदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । आजको दिन हरेक काममा सर्तकता अपनाउनुहोला । आफूले गरेको कामबाट निकै सन्तुष्टी मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार
सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
बागलुङका ग्रामीण सडक अवरुद्ध
बागलुङका ग्रामीण सडक अवरुद्ध
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
हवाई सञ्जाल विस्तार गर्न पहल गरिने
हवाई सञ्जाल विस्तार गर्न पहल गरिने

तपाईंले छुटाउनुभयो कि?