नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
सारांश
- काठमाडौँ ।
- राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।
- साँखुदेखि दक्षिणकालीसम्मको नयाँ रुट अनुमति पाएको ‘बाबा गोकर्णेश्वर यातायात अटो प्रालि’ले २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।
काठमाडौँ । राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको नयाँ रुट अनुमति पाएको ‘बाबा गोकर्णेश्वर यातायात अटो प्रालि’ले २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।
नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला गोकर्णेश्वर यातायले यस्तो व्यवस्था गरेको हो ।
पत्रकारका क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा होस् भन्ने हेतुले यात्रामा सुविधासहित आरक्षणको व्यवस्था गरेको कम्पनीले बताएको छ ।
उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं। १ र २ पत्रकार लागि छुट्याइएको छ । अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको छ ।
दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान साढे ४ बजेदेखि साँझ साढे ५ बजेसम्म प्रत्येक १५ मिनेटमा छुट्ने तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।
पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा ९८ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया