तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

सारांश

  • २० कात्तिक, काठमाडौं ।
  • सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।
  • आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।

२० कात्तिक, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।

साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले  भने, ‘बाढी पीडितका लागि विशेष राहत प्याकेजको तयारी गर्न अर्थ मन्त्रालयलाई जिम्मा दिइएको छ । यो प्याकेज एक-दुई दिनमा सार्वजनिक हुन्छ ।’

सरकारले रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ भने मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले अमेरिकाले ग्रामिण कृषि सडक निर्माणका लागि दिने एक सय मिलियन डलर सहयोग लिने विषयमा सहयोग गर्न वार्ता समिति गठन गरिएको छ । १६ जिल्लामा रहेको ३८८ किलोमिटर लामो ग्रामिण कृषि सडक निर्माण गर्न अमेरिकाले एक सय मिलियन डलर सहयोग दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ जना जुवाडे काठमाडौंबाट पक्राउ
२४ जना जुवाडे काठमाडौंबाट पक्राउ
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
सभामुख चयन अन्यौलमा, पूर्व एमाले र नेकपाबीच झगडा
सभामुख चयन अन्यौलमा, पूर्व एमाले र नेकपाबीच झगडा
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
साढे १३ अर्ब नाफा विदेशियो
साढे १३ अर्ब नाफा विदेशियो
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
सिन्डिकेट कागजमा मात्र तोडियो, व्यवहारमा अझै उस्तै
सिन्डिकेट कागजमा मात्र तोडियो, व्यवहारमा अझै उस्तै

तपाईंले छुटाउनुभयो कि?