साढे १३ अर्ब नाफा विदेशियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
५९ पटक हेरिएको
Shares
साढे १३ अर्ब नाफा विदेशियो

सारांश

  • काठमाडौँ ।
  • चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ ।
  • उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो ।

विभागले आठ महिनामा रोयल्टीबापत रू दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार एक सय सात, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार आठ सय २५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

फागुनमा मात्रै रू तीन अर्ब सिफारिस

विभागले फागुनमा मात्रै लाभांशवापत करिब रू तीन अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले रू दुई अर्ब आठ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै रू ३३ करोड ३० लाख ९१ हजार पाँच सय ३७, दुई लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ”, उनले भने ।

चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि रू ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन
नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
राजधानीमा जताततै फोहरको डुङ्गुर : सिसडोल भरिँदा उठेन फोहोर
राजधानीमा जताततै फोहरको डुङ्गुर : सिसडोल भरिँदा उठेन फोहोर
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
प्रधानन्याधीशमा जोशी  सिफारिस !
प्रधानन्याधीशमा जोशी सिफारिस !