आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन

सारांश

  • काठमाडौं, २० भदौ ।
  • आइपीटी नेपाल प्रालिले नेपालमा नुबिया ब्राण्डको स्मार्टफोन सार्वजनिक गरेको छ ।
  • उक्त कम्पनीले नेपाली बजारमा एकैपटक चारवटा स्मार्ट फोन सार्वजनिक गरेको हो ।

काठमाडौं, २० भदौ । आइपीटी नेपाल प्रालिले नेपालमा नुबिया ब्राण्डको स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त कम्पनीले नेपाली बजारमा एकैपटक चारवटा स्मार्ट फोन सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको स्मार्टफोनमा एम २ लाईट, एन२, जेड१७ मिनी, जेड१७ मिनी एस छन् । कम्पनीले यू ड्ट निड डिएसएलआर भन्ने ह्यासट्यागका साथ क्यामरा सार्वजनिक गरेक हो ।

कम्पनीका अनुसार नुबिया एम २ लाइटमा ४ जीबी र्याम र ३२ जीबी रोम छ । १६ मेगापिक्सलको फ्रन्ट र १३ मेगापिक्सलको रियर क्यामरा रहेको स्मार्टफोनको बजार मूल्य १९ हजार ९ सय ९९ छ । १६ मेगापिक्सलको फ्रन्ट र १३ मेगापिक्सलको क्यामरा रहेको अर्को फोन नुबिया एन २ मा पाँच हजार एनएएचको ब्याट्री रहेको छ ।

चार जीबी र्याम र ६४ जीबी रोम रहेको फोनको मूल्य २४ हजार ८ सय ९९ तोकिएको छ । त्यस्तै तीनवटा क्यामरा रहेको जेड १७ को मूल्य २९ हजार ९ सय ९९ छ । त्यस्तै चार क्यामरा रहेको जेड १७ मिनी एसको मूल्य ३७ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त फोनमा १३ मेगापिक्सलको ड्युल रियर क्यामरा र १६ प्लस पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?