५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने

सारांश

  • नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताउनुभएको छ ।
  • उहाँले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको  जानकारी दिनुभयो ।
  • गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताउनुभएको छ ।
उहाँले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको  जानकारी दिनुभयो ।
गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा(माओवादी केन्द्र) ले राखेको जानकारी दिनुभयो ।
उहाँका सल्लाहकार सन्देश पौडेलले एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ऊर्जा, शिक्षा, युवा विकास र खेलकूद, कृषि खानेपानी, सडक र पर्यटनको विकासका लागि पनि पार्टी कटिबद्ध हुने बताउनुभयो । त्यस्तै जिल्लामा चार वटा शीतभण्डार स्थापना गरी तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमा बजारमा पठाइने व्यवस्था मिलाइने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहको जिम्मामा सहकारी
स्थानीय तहको जिम्मामा सहकारी
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो
रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल
रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
दशैंमा शिल्पाको ‘मंगलम’ आउने पक्का
दशैंमा शिल्पाको ‘मंगलम’ आउने पक्का
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो

तपाईंले छुटाउनुभयो कि?