इङ्गलिस प्रिमियर लिगमा आज ९ खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
इङ्गलिस प्रिमियर लिगमा आज ९ खेल हुँदै

सारांश

  • काठमाडौं, ११ पुस  ।
  • इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ९ खेल हुँदैछन् ।
  • युरोपका अधिकांश देशका खेलाडी क्रिष्टमस पर्वको छुट्टी मनाइरहँदा इङ्ल्यान्डमा भने १५ दिनको अन्तरालमा चार चरणका प्रिमियर लिगका खेल भइरहेका छन् ।

काठमाडौं, ११ पुस  । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ९ खेल हुँदैछन् ।युरोपका अधिकांश देशका खेलाडी क्रिष्टमस पर्वको छुट्टी मनाइरहँदा इङ्ल्यान्डमा भने १५ दिनको अन्तरालमा चार चरणका प्रिमियर लिगका खेल भइरहेका छन् ।

 

बक्सिङ डे म्याच भनेर चिनिने आजको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडको सामना गर्नेछ ।यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले बर्न्लेसँग खेल्दा तेस्रो स्थानको चेल्सीको भेट ब्राईटनसँग हुनेछ ।

आजै लिभरपूल र स्वान्सी सिटी, टोटनह्याम हट्सपर र साउथह्याम्पटन, वाट्फोर्ड र लेष्टर सिटी, बर्नमाउथ र वेष्ट ह्याम युनाईटेड, हडर्सफिल्ड टाउन र स्टोक सिटी तथा वेष्ट ब्रोम र एभर्टनबीच खेल हुनेछ । आर्सनलले भने भोलि राती क्रिष्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?