पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
सारांश
- काठमाडौं, ६ बैशाख ।
- प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् बैठकले जनप्रतिनिधिहरुको पारिश्रमिक सिफारिस गरेको छ ।
- बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ६ बैशाख । प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् बैठकले जनप्रतिनिधिहरुको पारिश्रमिक सिफारिस गरेको छ । बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश गरिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक निर्धारण, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूको पारिश्रमिक निर्धारण सम्बन्धी विधेयक दर्ताका लागि अनुमोदन गरेको हो । प्रदेशसभा सचिवालय गठन गर्ने ३ वटा विधेयक पनि दर्ताका लागि अनुमोदन गरेको पर्यटन मन्त्री लीला गिरीले जानकारी दिए ।
विधेयक बैशाख १२ गतेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिने छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको ६० हजार ९०, मन्त्रीहरूको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिक सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेशसभाका सदस्यसहित सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार सेवा सुविधा सिफारिस गरिएको छ । प्रतिपक्ष र सत्तापक्ष दुबैको तर्फबाट सभामा सचेतकको भूमिका निर्वाह गर्ने प्रदेश सचेतकका लागि ४८ हजार र सभासदहरुको ४५ हजार पारिश्रमिक सिफारिस गरिएको बताइएको छ ।
प्रतिक्रिया