मतदाता शिक्षा तालीम

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मतदाता शिक्षा तालीम

सारांश

  • भोजपुर, २५  कात्तिक आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भोजपुरमा ‘मतदाता शिक्षा’ तालीम प्रदान गरिएको छ ।
  • जिल्ला निर्वाचन कार्यालय भोजपुरद्वारा शुक्रबार यहाँ आयोजित उक्त तालीममा ७५ जना स्वयंसेवकको सहभागिता रहेको थियो ।
  • तालीमको पहिलो दिन ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका सामाजिक परिचालकलाई तालीम दिइएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुर, २५  कात्तिक आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भोजपुरमा ‘मतदाता शिक्षा’ तालीम प्रदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरद्वारा शुक्रबार यहाँ आयोजित उक्त तालीममा ७५ जना स्वयंसेवकको सहभागिता रहेको थियो ।

तालीमको पहिलो दिन ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका सामाजिक परिचालकलाई तालीम दिइएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

यसैगरी शनिवार भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाका ७५ जना स्वयंसेवक गरी कुल १५० जनालाई सो तालीम दिइने जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले बताउनुभयो ।

भोजपुरमा यसपटकको निर्वाचनमा ५५ हजार ५२९ महिला र ५८ हजार ३६२ पुरुष गरी कुल एक लाख १३ हजार ८९१ मतदाता सहभागी हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?