वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
३९ पटक हेरिएको
Shares
वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन

सारांश

  • काठमाडौं ।
  • वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ ।
  • समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं.

काठमाडौं । वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय उक्त सञ्जाल गठन गरेको हो ।

सञ्जालमा १० वटा वडामध्ये वडा नं १६ बाट दुई र बाँकी वडाबाट एक/एकजना सहभागी गराइएको उक्त विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन् भने सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहीरा डङ्गोल, कमल काफ्ले र गौरी देवकोटा छन् ।

स्टेट अफ ग्लोेबल एअरले सन् २०२० गरेको अध्ययनअनुसार विश्वमा श्वासप्रश्वासका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत र इस्केमिक हृदय रोगका कारण २० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदूषणकै कारण यस्ता समस्या बल्झिएको र यसैकारण २० प्रतिशत नवजात शिशुको पनि मृत्यु हुनाका साथै मानिसको औसत आयु पनि घट्दै गएको छ । वायु प्रदूषणका लागि ठूलाठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोगमा जिम्मेवार छैनन्, व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारणले पनि प्रदूषण बढाउन सहयोग गरेको बताइएको छ ।

नागरिक समाज सञ्जालले के गर्छ ?

उक्त सञ्जालले फोहोर तथा प्लास्टिक बाल्न रोक लगाउन सहजीकरण गर्न, विशेष सरसफाइ अभियान सञ्चालन गर्न र घरभित्रको प्रदूषण कम गर्न घरघरमा गएर सचेतना फैलाउने काम गर्छ ।

यसैगरी वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिने, संरचना निर्माणमा थप छलफल गर्ने, सामाजिक जवाफदेहिताका काम गर्ने गर्छ । साझेदार सङ्घसंस्थाहरुले अहिले कामपासहित ललितपुर महानगरपालिका, चन्द्रागिरि, चाँगुनारायण र शङ्खरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धारका लागि पहल सुरु
वीपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद
वीपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
राप्रपाको चार स्थानमा जीत, कसले कहाँ जिते ?
राप्रपाको चार स्थानमा जीत, कसले कहाँ जिते ?
हम्मरले हान्दा मृत्यु
हम्मरले हान्दा मृत्यु
दार्जिलिङबासिले छुट्टै अब छुट्टै राज्य माग्नुपर्छ : महेन्द्र पि लामा,
दार्जिलिङबासिले छुट्टै अब छुट्टै राज्य माग्नुपर्छ : महेन्द्र पि लामा,

तपाईंले छुटाउनुभयो कि?