गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १६, २०७७
|
|
५८ पटक हेरिएको
Shares
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना

सारांश

  • दक्षिण अमेरिकाबाट विश्वका अन्य भागमा फैलिएको पेपिनो मेलनको खेती नेपालमा पनि हुन थालेको छ ।
  • अझै पनि धेरै नेपालीलाई नौलो लाग्ने यो फलको खेती भने व्यक्तिगतरुपमा लामो समयदेखि घरका बगैचा तथा गमलाहरुमा हुँदै आएको कृषिविज्ञहरु बताउँछन् ।
  • व्यवसायिक प्रयोजनले खेती नगरिएको पेपिनो मेलन पछिल्ला केही वर्षहरुमा किसानहरुले स्वतस्फुर्तरुपमा व्यवसायिकरुपमा लगाउन थालेका छन् ।

दक्षिण अमेरिकाबाट विश्वका अन्य भागमा फैलिएको पेपिनो मेलनको खेती नेपालमा पनि हुन थालेको छ । अझै पनि धेरै नेपालीलाई नौलो लाग्ने यो फलको खेती भने व्यक्तिगतरुपमा लामो समयदेखि घरका बगैचा तथा गमलाहरुमा हुँदै आएको कृषिविज्ञहरु बताउँछन् । व्यवसायिक प्रयोजनले खेती नगरिएको पेपिनो मेलन पछिल्ला केही वर्षहरुमा किसानहरुले स्वतस्फुर्तरुपमा व्यवसायिकरुपमा लगाउन थालेका छन् ।

पेपिनो मेलनको व्यवसायिक खेतीका लागी काठमाडौँ आसपासका किसानहरु सक्रिय देखिन थालेका छन् । औषधीय गुणसमेत यो फलको अन्तराष्ट्रिय माग रहेका कारण बजारको समस्या नहुने किसान बताउँछन् । यो फल काँचोमा तरकारीको रुपमा र पाकेपछि फलको रुपमा प्रयोग गर्न सकिन्छ । पेपिनो मेलन पाकेपछि सुगन्धित, हल्का गुलियो र रसिलो हुन्छ ।

अमेरिकी पर्वतीय क्षेत्रमा उत्पत्ति भएको पेपिनो मेलन बहुवर्षीय सदावहार फल हो । पेरु, चिली र अमेरिकाको क्यालिफोर्नियामा यसको व्ययसायिक खेती गरिन्छ ।

नेपालमा यसको सम्भावना
गोलभेडा परिवारमा पर्ने पेपिनो मेलन खेतीको सम्भावना नेपालमा पनि रहेको छ । समुद्री सहतदेखि ३ हजार मिटरसम्मको उचाईमा लगाउन मिल्ने भएका कारण यो फलका लागी नेपालको भूमि उपयुक्त मानिन्छ । माटोमा ५.५ देखि ७.५ सम्मको पिएच मान भएको पानी नजम्ने र निकास राम्रो भएको बलौटो चिम्ट्याइलो माटो यो खेतीका लागि उपयुक्त हुन्छ । पेपिनो मेलोनको बोट ९० सेमि देखी १५० सेमी सम्म अग्लो हुन्छ । यो फल बर्षभरि नै फल्ने भएकाले पनि व्यवसायिकरुपमा निकै राम्रो छ । फूल लागेको २ महिनामै यो फल तयार हुन्छ ।

७ प्रतिशतसम्म चिनीको मात्रा रहने यो फलमा प्रशस्त एन्टी अक्सिडेनट, भिटामिनहरु पाइने तथा औषधीय गुणले युक्त हुने हुदा यसलाई स्वास्थ्यको दृष्टिकोणले उत्कृष्ट फल मानिन्छ । यसको स्वाद काँक्रा र खर्बुजा मिस्रित स्वाद जस्तो हुन्छ, । अलि बढि घाम लाग्ने स्थानमा फलेको पेपिनो मेलन गुलियो हुन्छ भने सेपिलो ठाउँको केही खल्लो हुन्छ । यो प्राय सबै किशिमका रोगीले खान मिल्ने यो फल मृगौला रोगीहरुका लागी एकदमै उपयुक्त मानिन्छ ।

(https://www.udenar.edu.co/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
मंगलबारको राशिफल
मंगलबारको राशिफल
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा
दोषी श्रीमानलाई जोगाउन सम्धीलाई बलात्कारको झुठा मुद्दा
घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु
घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
अहिलेसम्मकै सबैभन्दा महंगो चलचित्र बनाउँदै निर्देशक ढकाल
वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
वैशाख ९ मा एमाले र माओवादी एकता घोषणासभा
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित