ओली, दाहाल र केसी गलकोट आउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
ओली, दाहाल र केसी गलकोट आउने

सारांश

  • जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष यहाँ आउनुहुने भएको छ ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
  • गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ ।

जिल्लाको गलकोटमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न आगामी बिहीबार प्रमुख तीन वाम दलका अध्यक्ष यहाँ आउनुहुने भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गलकोट नगरपालिका–३ स्थित गलकोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ ।

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न आमसभाको आयोजना गरिएको हो । तीनै दल सम्मिलित चुनाव परिचालन जिल्ला संयोजन समितिको आयोजनामा हुने आमसभामा जनगायक जीवन शर्मा र विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुति रहने समितिका सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिनुभयो । आमसभाको प्रचारप्रसार र व्यवस्थापनको काम अघि बढेको उहाँको भनाइ छ ।

जिल्लाको मध्य क्षेत्र गलकोटमा हुने आमसभामा हजारौँको सहभागिता रहने जिल्लास्तरीय नेताहरुको दाबी छ । “आमसभालाई व्यवस्थित बनाउन तयारी अघि बढेको छ, प्रचारप्रसार गरिरहेका छौँ”, समितिका सदस्य गैरेले भन्नुभयो ।

नेकपा (एमाले)का अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको संयुक्त चुनावी प्रचार कार्यक्रमअन्तर्गत उहाँहरु बागलुङ आउन लाग्नुभएको हो । जिल्लामा राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धन बनेकाले राजमोका अध्यक्ष केसी पनि आमसभालाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसक्नुभएका ओली, दाहाल र केसी एकसाथ आमसभामा आउने खबरले नेता, कार्यकर्ता उत्साहित बनेका छन् । जिल्लामा तीनै दल गठबन्धन बनाएर आसन्न प्रतिनिधि र प्रदेशसभा चुनाव लड्दैछन् ।

प्रतिनिधि र प्रदेश गरी एक–एक क्षेत्र नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पाएका छन् भने राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० प्रतिशत हिंसाको कारक मदिराः गृहमन्त्री थापा
७० प्रतिशत हिंसाको कारक मदिराः गृहमन्त्री थापा
आजको मौसमः चार प्रदेशमा पानी पर्ने समभावना
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
शुक्रबारदेखि डिके देवानको ‘तारेभीर’ रिलिज हुँदै
शुक्रबारदेखि डिके देवानको ‘तारेभीर’ रिलिज हुँदै
काङ्ग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम शुरु…
काङ्ग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम शुरु…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी
एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…

तपाईंले छुटाउनुभयो कि?