मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)

सारांश

  • बाबुलाल बुढा दाङ, १४ माघ ।
  • मृत्युसँग कोही लडेको देख्नु वा सुन्नु भएको छ ?
  • नदेखेको वा नसुनेको भए सुनिहाल्नुस् ।

बाबुलाल बुढा

दाङ, १४ माघ । मृत्युसँग कोही लडेको देख्नु वा सुन्नु भएको छ ? नदेखेको वा नसुनेको भए सुनिहाल्नुस् । मृत्युसँग लडिरहेकी एक युवतीलाई मृत्युसँग लड्नकै लागि रोल्पालीहरुले साथ दिएका छन् ।

कुरा रोल्पाको कुरेली मर्बाङका २० बर्षीया मंगला पुनको हो । उनी मृत्युसँग लडिरहेका छन् यतिबेला । मृत्युसँग लडिरहेकी मंगलालाई साथ दिएका छन्, रोल्पालीहरुले । लामो समयदेखिको पेटको क्यान्सर भएर चितवनको क्यान्सर अस्पतालमा २ महिनादेखि मृत्युसँग लडिरहेकी मंगलालाई २ संस्था कुरेली समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मञ्चले रु ८९,४२५ र रोल्पाली ढाङढुङ सेवा समाज घोराही दाङले रु ६८,९५० रुपैयाँ गरी १ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मंचका कोषाध्यक्ष इन्द्रबहादुर बुढा र ढाङढुङ समाजका कोषाध्यक्ष प्रेम बुढाले उक्त रकममध्ये केही मंगलाको बैंक खातामा र केही रकम आफन्त भीमकुमारी रोकालाई हस्तान्तरण गरेका छन् । देशविदेशमा पनि मृत्युसँग लडिरहेकी मंगलालाई सहयोग रकम जुटाएर पठाउने क्रम बढेको छ ।

क्यान्सर पीडित मंगला पुन अहिले चितवनको क्यान्सर अस्पतालमा उपचाररत छिन् । उनकी सहयोगी भीमकुमारी रोकाको भनाइअनुसार अहिले उनको स्वस्थ्यमा केही सुधार आएको छ । तर, पनि क्यान्सर जस्तो बिरामी भएकोले भन्न नसकिने अबस्था छ । मंगला पुनले अस्पतालको बेडबाट गहभरि आँसु झार्दै आफ्नो जीवनरक्षाको लागि आफन्तजन सबैसँग सहयोगको अपिल गरिरहेकी छिन् ।
गाउँमा बस्ने, त्यसमा पनि मध्यम वर्गको परिवारमा जन्मेकी स्थानीय मंगला पुनले मावि उपाबाङमा कक्षा १० सम्म पढेकी छिन् । उनी लामो समयदेखि नै बिरामी हुने गरे पनि बिस्तारै बिरामीले च्याप्दै लगेपछि मात्र स्थानीय अस्पताल हुँदै नेपालगन्जको कोहलपुर अस्पतालमा चेकअपपछि मात्र उनलाई क्यान्सर रोग भएको पत्ता लागेको थियो । उनको उपचारको लागि गाउँघरका जान्नेमान्ने राजनीति दल, संघसंस्था सबैले सहयोगको अपिल गरेका छन् ।

बुवा कृष्ण पुन र आमा बैशमाली पुनको २० बर्षीया साहिली छोरी मंगला पुन हुन् । ठूलो परिवार र निम्न वर्गको भएका कारण बुवा कृष्ण पुनले आफ्नो छोरीलाई क्यान्सर जस्तो घातक रोगको उपचार गर्ने आर्थिक हैसियत नभएकोले सहयोगको लागि विभिन्न संघसंस्थाहरुबाट सहयोगको लागि अभियान चलाउनु परेको हो । घातक रोगलाई सरकारले दिने भनेको सहुलियत रकमको औषधिको लागि पनि स्वास्थ्य कार्यालयले सिफारिस गरेको छ ।

सहयोग रकम पीडितकी आफन्त भीमकुमारी रोकालाई बुझाउँदै कुरेली समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मञ्चका संरक्षक कुम्भ बुढाले बाँकी प्रतिबद्धता व्यक्त गरिएको रकम पनि आउने र दोस्रो तथा तेस्रो किस्ता रकम गरेर भए पनि पीडितलाई छिट्टै हस्तान्तरण गर्ने बताएका छन् । ढाङढुङ समाज घोराहीका अध्यक्ष नारायण रोका र अन्तर्राष्ट्रिय सम्पर्क मञ्चका अध्यक्ष रामकृष्ण पुनले सहयोग गर्नुहुने सबै सहयोगीहरुलाई धन्यवाद दिएका छन् । उनले एउटी चेलीलाई बचाउन फेरि पनि सबैले सक्दो सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
एक सय २७ नयाँ कर्मचारी अलपत्र
एक सय २७ नयाँ कर्मचारी अलपत्र
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै

तपाईंले छुटाउनुभयो कि?