अधिकमासका कारण तिहारमा फूलको व्यापार प्रभावित हुन सक्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १६, २०७७
|
|
५५ पटक हेरिएको
Shares
अधिकमासका कारण तिहारमा फूलको व्यापार प्रभावित हुन सक्ने

सारांश

  • बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।
  • गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो ।
  • यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गतवर्षको तिहारमा २५ लाख माला खपत हँुदा तीन लाख माला भारतबाट ल्याइएको थियो । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ ।

स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठको भनाई छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु
The right way to Install Avast Antivirus In your Android Mobile Phone?
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब निकासा
आईसीसीद्धारा नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब निकासा
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
को बन्ला प्रदेश नं ३ को मुख्यमन्त्री ?
को बन्ला प्रदेश नं ३ को मुख्यमन्त्री ?
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…