भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)

सारांश

  • आक्रमणमा घाइते असइ डिल्ली देवकोटाकाठमाडौं, २८ कार्तिक।
  • नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.
  • २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि भोजपुरमा बम प्रहार भएको छ।

आक्रमणमा घाइते असइ डिल्ली देवकोटाकाठमाडौं, २८ कार्तिक। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि भोजपुरमा बम प्रहार भएको छ। भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा मंगलबार बिहान बम प्रहार गरिएको हो ।

नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेको सँगै रहेका प्रेस चौतारी नेपालका महासचिव राजेश राईले बताएका छन्।

पूर्व सुचना तथा सञ्चारमन्त्री समेत रहेको राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहारी गरिएको । बम प्रहारपछि गोली पनि प्रहार गरिएको छ।

गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन्। बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए।  उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।

यसअघि विप्लवका कार्यकर्ताहरुले रुकुममा जनार्दन शर्मा र रोल्पामा वर्षमान पुनमाथि आक्रमण गरेका थिए।

फोटोहरु

तस्विरहरु : ध्रुव सुवेदीको फेसबुकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि
निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि
दार्चुलामा ५० प्रतिशतले गरे मतदान
दार्चुलामा ५० प्रतिशतले गरे मतदान
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा
नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चीनमा फेरि भूकम्प
चीनमा फेरि भूकम्प

तपाईंले छुटाउनुभयो कि?