सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै.

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • महोत्तरी, १२ कात्तिक ‘कौन भइया जेताह गंगा रे जमुना कोन भइया लौते माइट रे माइट बडका भइया जेता गंगा जमुना छोटका भइया लौता माइट रे माई ।
  • ’ आजभोलि गाउँघर चौकचौराहा, घरघरमा यस्ता गीत गुञ्जिरहेको पाइन्छ ।
  • मिथिलाञ्चलभरी छठको खरनादेखि कार्तिक पूर्णिमासम्म मध्यरातिमा खेलिने सामाचकेवा पर्वका कारण यो गीत अहिले हरेकको मुखमुखमा झुण्डिएको छ ।

महोत्तरी, १२ कात्तिक
‘कौन भइया जेताह गंगा रे जमुना
कोन भइया लौते माइट रे माइट
बडका भइया जेता गंगा जमुना
छोटका भइया लौता माइट रे माई ।’

आजभोलि गाउँघर चौकचौराहा, घरघरमा यस्ता गीत गुञ्जिरहेको पाइन्छ । मिथिलाञ्चलभरी छठको खरनादेखि कार्तिक पूर्णिमासम्म मध्यरातिमा खेलिने सामाचकेवा पर्वका कारण यो गीत अहिले हरेकको मुखमुखमा झुण्डिएको छ । प्रायःजसो खाना खाएर साँझदेखि शुरु हुने यो खेल गाउँका युवती एवं महिलाले सामूहिक रुपमा खेल्छन् ।
कथानुसार द्वापर युगमा श्रीकृष्णकी छोरी सामाकी नोकर्नी डिहुलीले सामा वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुटो कुरा कृष्णसमक्ष लगाइएकी थिइन् । कृष्णले आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए । सामाका भाइ साम्बले सो विषय थाहा पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटाको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने वरदान दिएकाले यो पर्व मनाउन थालिएको ‘भविष्यपुराण’मा उल्लेख छ ।

‘कार्तिके मास हो भइया समा लेलक अवतार
सामाचकेवा खेलव गे बहिना भइया जीवह हजार’

सामाचकेवा पर्वमा बहिनीले आआफ्ना भाइको गीतमार्फत प्रशंसा गर्छन् भने चुकलीवालीलाई बेइज्जत गर्छिन् । यस पर्वमा घरमा रहेका दिदीबहिनी सामाचकेवा खेल्नका लागि माइती आउने परम्परा छ तर वर्तमान परिवेशमा कार्य व्यस्तताका कारण दिदीबहिनीले घरमै यो खेल सामूहिक रुपमा खेल्ने गरेको गौशाला नगरपालिकाका रामप्रबोध सिंहले बताउनुभयो ।
गाउँमा यो पर्व खेलिने भए तापनि शहरी एवं बजार क्षेत्रमा क्रमिक रुपमा हराउँदै गएको छ । आफ्नो संस्कार र संस्कृतिाई बिर्सने परम्परालाई जोगाउनका लागि हरेकले आआफ्ना क्षेत्रबाट भूमिका निर्वाह गरिनुपर्ने सिंहको भनाइ छ । छठको खरना मनाइने दिनमा घरघरमा माटाले निर्मित कलात्मक मूर्ति डालामा राखेर महिला चौवटिया (गाउँको खुला स्थान) मा जम्मा भएर नाचगान गरी सामूहिक रुपमा मैथिली लोकगीत गाउने यो पर्वको एक अलगै विशेषता छ ।

वृन्दावनमे आइग लगेलै कोइ न मिझावै हे
हमरोके बडका भइया सुरेश भइया मिझावै ये

काँचो माटाले बनाइएका मानव, चरा र जनावरलगायत मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगामा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने संज्ञा दिइन्छ । यस पर्व मनाउनका लागि प्रत्येकले आआफ्ना रंगीन डालामा सामाचकेवाका साथै सात वटा चरा पनि राख्छन् ।

भोजपुरी र मैथिली भाषाका यस्ता गीतले मिथिलाञ्चल क्षेत्रलाई नै रोमाञ्चक बनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन प्रत्येक दिदीले आआफ्ना भाइलाई घरमा बोलाएर सामाचकेवालगायत मूर्ति फोर्न लगाउँछन् भने दाजुभाइले पनि स्वेच्छानुसार उपहार दिने चलन छ ।

पछिल्लो समयमा तराई–मधेश क्षेत्रमा जारी हिंसात्मक घटनाका कारण खुलेर पर्व मनाउन नपाएको शिक्षिका लीला सिंह बताउनुहुन्छ । “ प्रायःमहिलाले मात्र साँझदेखि मध्यरातसम्म मनाउने यस पर्वमा पछिल्लो समयमा आएर केही न केही रुपमा रौनकतामा कमी आएको छ ”, उहाँले भन्नुभयो । सामाजिक एवं सांस्कृतिक महत्व झल्किने यस्ता पर्वको संरक्षण गर्नका लागि सबैले आआफ्ना स्थानबाट सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

https://www.youtube.com/watch?v=p5aoYcs99NY

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले  कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने
सरकारले कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने
बौद्ध  दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
बौद्ध दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
प्रवक्ता  विश्वकर्मालाई भोजपुर लाने तयारी
प्रवक्ता  विश्वकर्मालाई भोजपुर लाने तयारी
महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात
महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !

तपाईंले छुटाउनुभयो कि?