‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
सारांश
- काठमाडौं ।
- ट्रान्सपरेन्सी इन्टरनेशन (टिआई) नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि दमनाथ ढुंगानाले कार्यक्रममा भ्रष्टाचारीलाई सम्बोधन गर्ने शब्द नभएको बताए ।
- उनले भने, ‘सम्बोधन गर्दा भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ ।
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशन (टिआई) नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि दमनाथ ढुंगानाले कार्यक्रममा भ्रष्टाचारीलाई सम्बोधन गर्ने शब्द नभएको बताए । उनले भने, ‘सम्बोधन गर्दा भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ ।’
‘मानिसको सभ्यताको विकास आशाबाट हुन्छ, हामी कहाँ त्यस्तो आशा काहाँ छ खोजौं भन्नुभयो । नियन्त्रण गर्ने जिम्मेवारी पाएको आयोगले राजनीतिक नेतृत्वलाई कसरी समाउन सक्छ ?’ उनले भने । यो कठिन कुरो हो र यसो नगरी भ्रष्टाचार नियन्त्रण नहुने बताए । प्रमुख अतिथि ढुंगानाले यो देश कहीँ डुब्दैछ भने त्यो निर्वाचनमा हुने भ्रष्टाचारका कारण डुब्दैछ’ ढुंगानाले भने ।
कार्यक्रममा डा. गौरी शंकरलाल दासलाई राष्ट्रिय सदाचार सम्मान २०७५ द्वारा सम्मानित गरेको छ । टीआई नेपालले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफू पार्किन्सस रोगबाट पीडित भएको बताए । भ्रष्टाचार पनि पार्किन्सस जस्तै हुने बताउँदै सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक दल, त्यसपछि कर्मचारी तन्त्र, आर्मी, पुलिस र शिक्षण संस्थामा रहेको बताए ।
पूर्व उपकुलपति केदारभक्त माथेमाले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर मात्र हुँदैन नागरिकलाई अनुभूति गराउन पनि सक्नुपर्ने बताए । महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रण गर्ने विभिन्न संस्था र निकाय छन् तर नियन्त्रण हुन नसकिरहेको बताए । कुनै कर्मचारीले भ्रष्टाचार ग¥यो भने त्यस कार्यालयका प्रमुखले जिम्मेवारी लिने, मन्त्रीले भ्रष्टाचार गरे प्रधानमन्त्रीले जिम्मेवारी लिने अवस्था सिर्जना गर्नु जरुरी रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले ‘जनतालाई सेवा प्रदायकहरुसम्म घिसारेर ल्याउने हो कि जनताको ढोकामा सेवा दिने ? विचार गरौं’ उनले भने, ‘यसअघि सरकारी सेवामा रहँदाको ३९ वर्षको सेवा मेट्ने रहर मैले गरेको छैन ।’
कार्यक्रमको उद्देश्यबारे टीआई नेपालका महासचिव मुकुन्दबहादुरले प्रकाशन पारेका थिए । त्यसैक्रममा सहभागीलाई स्वागत गर्दै भ्रष्टाचारले विश्वमा हुने विकास, शान्ति, सुरक्षालगायतका काम प्रभावित पारिरहेको बताए ।
भ्रष्टाचारले विधिको शासनलाई कमजोर बनाउँछ । विश्वका लाखौं नागरिक भ्रष्टाचार विरुद्ध उभिएका छन्, हामी पनि अभियानमा खुलेर लागौं भन्ने आह्वान गरे । पुरस्कार छनौट उपसमितिका संयोजक भरतबहादुर थापाले सम्मानित डा. गौरी शंकरलाल दासको व्यक्तित्वको परिचय दिएका थिए ।
प्रतिक्रिया