दार्चुलामा ५० प्रतिशतले गरे मतदान
सारांश
- दार्चुला, असार १४ — दार्चुलामा ५० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।
- साढे ११ बजेसम्म जिल्लाभरिका १ सय २८ मतदान केन्द्रमा झण्डै ३४ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो ।
- विहानदेखि नै घाम लागिरहेको र मौसम अनुकुल भएका कारण पचास प्रतिशत मतदान भइसकेको उहाँले बताउनुभयो ।
दार्चुला, असार १४ — दार्चुलामा ५० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । साढे ११ बजेसम्म जिल्लाभरिका १ सय २८ मतदान केन्द्रमा झण्डै ३४ हजार मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिनुभयो । विहानदेखि नै घाम लागिरहेको र मौसम अनुकुल भएका कारण पचास प्रतिशत मतदान भइसकेको उहाँले बताउनुभयो । जिल्लाभर ७३ हजार ५१ जना मतदाता रहेकोमा ६७ हजार १ सय ३२ जनाले मतदाता परिचय पत्र लिएका निर्वाचन अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया