नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
सारांश
- २८ कात्तिक, काठमाडौं ।
- नक्कली नेपाली सरकारी छाप तथा कागजाग बनाउने एक विदेशी नागरिक पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा ट्रिनिडाड एण्ड टोबागोका डेबिड लुइस सान्ताना छन् ।
२८ कात्तिक, काठमाडौं । नक्कली नेपाली सरकारी छाप तथा कागजाग बनाउने एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्रिनिडाड एण्ड टोबागोका डेबिड लुइस सान्ताना छन् ।
विशेष सुराकीको आधारमा नेपाली सरकारी छाप तथा विभिन्न देशका नक्कली भिसाहरु बनाउने कार्यमा संलग्न बंगलादेशी मुलका डेबिडलाई काठमाडौं–२९, मित्रनगरबाट पक्राउ गरिएको हो ।
उनको साथबाट विभिन्न देशका सरकारी कार्यालयका छापसहित विभिन्न देशका भिसाहरु बरामद गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया