दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३२ पटक हेरिएको
Shares
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने

सारांश

  • काठमाडौं ।
  • दसैं आउन एक महिना बाँकी छ ।
  • दसैंको समयमा व्यावसायीले नयाँ बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले बस र यात्रुको विवरण संकलन थालेको छ ।

काठमाडौं । दसैं आउन एक महिना बाँकी छ । दसैंको समयमा व्यावसायीले नयाँ बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले बस र यात्रुको विवरण संकलन थालेको छ ।
हरेक वर्ष ५ सयभन्दा बढी नयाँ बस थप्दै आएका यातायात व्यवसायीले यस वर्ष नयाँ बसको अहिलेसम्म अर्डर गरेका छैनन् ।

यस वर्ष नयाँ बस नथप्ने भएपछि विभागले दसैं तिहारमा चल्ने बस र अनुमानित यात्रुको विवरण सुरु गरेको छ । विभागले यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

उपत्यकामा बसोबास गर्दै आएका कम्तीमा १४ लाख मानिस दसैँ र तिहारमा घर ओहोरदोहोर गर्ने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।

अहिले चलिरहेका दसैँ तिहारमा यात्रु ओसारपसारका लागि बसको संख्या र उपत्यका बाहिरिने यात्रुको विवरण संकलन गर्न थालिएको हो । व्यवसायीले गाडी नथप्ने भएपछि विकल्पमा स्कुल बस, सुरक्षा निकाय, संस्थानका गाडी सञ्चालन गर्न पनि आग्रह गरेका छैनन् ।

सरकार यातायात व्यवसायीबीच आइतबार भएको वार्तामा व्यवसायीले असोज ५ देखि अग्रिम टिकट बुकिङ खुलाउन सहमति गरेका छन् । उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर खोल्ने बताइएको छ । पुरानो बसपार्क, गौशाला, कलंकीलगायत उपत्यकाका विभिन्न १४ ठाउँमा टिकट काउन्टर राख्ने सहमति भएको बताइएको छ । व्यवसायी भने आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेवारिसे बालिकालाई परिवारको जिम्मा
बेवारिसे बालिकालाई परिवारको जिम्मा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
चितवनका मतदाता तीन लाख ५४ हजार
चितवनका मतदाता तीन लाख ५४ हजार
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा  योजना पुस्तिका सार्वजनिक !
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना पुस्तिका सार्वजनिक !
Increasing flow of tourists at Rara
Increasing flow of tourists at Rara
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव

तपाईंले छुटाउनुभयो कि?