ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
३९ पटक हेरिएको
Shares
ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

सारांश

  • काठमाडौँ ।
  • एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो ।

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे ।

ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?